आठ प्रदेश बनाउने अफ्नो माग नमानेकोले समस्या आएको उपप्रधानमन्त्री गच्छदारको दाबी


उपप्रधानमन्त्री तथा भौंतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संविधानले मुलुकका सबै वर्ग र समुदायलाई अधिकार सम्पन्न बनाएको बताउनुभएको छ । जिविस मोरङद्वारा आयोजित ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत विराटनगरमा आज सो कुरा बताउनुभएको हो । ??????????????????????????उहाँले आदिवासी, जनजाति, मधेसी, महिला र दलितलाई अधिकारबाट वञ्चित गराइएको भ्रम फैलाइएकाले यसलाई चिर्न संविधानको विशेषताबारे गाउँ–गाउँमा जनताको माझमा जानकारी गराउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । मुलुकमा संविधान जारी भइसकेकाले अब यो कुनै पनि आन्दोलनबाट खारेज हुन नसक्ने भएकाले मधेसी मोर्चा वार्ताद्वारा समस्या समाधानका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यो संविधानलाई विशेष वर्ग र समुदायले बनाएको भ्रम फैलाइएको चर्चा गर्दै उहाँले संविधान निर्माण गराउनका लागि तीनवटा दललाई एक ठाउँमा ल्याउनका लागि आपूmले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो । मुलुकमा आठवटा राज्य बनाउनुपर्दछ भनी आपूmले राखेको मागलाई तीन दलले कदर नगरेको कारणले संविधान जारी हुन लागेको अन्तिम समयमा आपूm सहभागी नभएको पनि बताउनुभयो । आन्दोलनबाट मुलुकलाई धेरै क्षति हुने भएकाले सो बाटो नअपनाएर आफ्ना मागहरू राखेको र मुलुकलाई निकास दिनका लागि आठ प्रदेश आवश्यक रहेको धारणा प्रकट गर्नुभयो । समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै वर्ग, समुदाय अधिकार सम्पन्न भएको चर्चा गर्दै उपप्रधानमन्त्री गच्छदारले आन्दोलनको कारण कतिपयलाई ज्यान गुमाउनु परेकाले आन्दोलनबाट कुनै फाइदा नहुने स्पष्ट पार्नुभयो ।
सांसद अमृत अर्यालले संविधान साझा दस्तावेजका रुपमा रहेको भन्दै झापा, मोरङ र सुनसरीलाई क्षेत्र नम्बर २ मा मिलाउन नसकिने बरु यी तीन जिल्लामा सप्तरी र उदयपुर थपेर अर्को प्रदेश बनाउन सुझाव दिनुभयो । अर्का सांसद चन्द्रबहादुर गुरुङले मधेसी मोर्चाले फराकिलो सोच बनाउनुपर्ने र मुलुकलाई बन्धक बनाउनु नहुने विचार प्रकट गर्नुभयो । अर्का सांसद शिवकुमार मण्डलले यो संविधानका कतिपय उपलब्धि रहेको चर्चा गर्दै संविधान जारी भएपछि सामन्तवाद युगको अन्त्य भएको धारणा प्रकट गर्नुभयो । अर्का सांसद रत्नदेवी गुरुङले समानुपातिक, समावेशीसहितको यो संविधानमा महिलाले अंश र वंशको अधिकार पाएको बताउनुभयो । सांसदहरू पवन शारदा, अमनलाल मोदी र दिलीप गच्छदारले संविधानमा सबै थोक रहेको भएपनि आान्दोलन जारी रहेको भन्दै आन्दोलन र भूकम्पका कारण मुलुकको अवस्था जर्जर भएको धारणा प्रकट गर्नुभयो । स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी, अन्तरपार्टी महिला सञ्जालकी गीता तिम्सिना र पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्ट लगायतले बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]