अन्य पार्टीका कारण होइन अन्तरघातले चुनाव हारियोः अध्यक्ष ओली


जेठ ११, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरघातका कारण स्थानीय तह निर्वाचनमा पार्टी पाराजित भएको बताएका छन्।

बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्।

अध्यक्ष ओलीले भने, ‘अन्य पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा हुनुपर्छ, चार महानगरमा हामीले उपमेयर जिते पनि मेयर जित्न सकेनौं। अन्तरघातका कारणले यस्तो हुन पुग्यो।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]