अहिलेसम्म बुँदागत रुपमा वार्ता नै नभएको ठाकुरको दाबी


mahanthaतराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस र मधेसी जनताको माग पूरा हुने विश्वसनीय वातावरण नबनेसम्म आन्दोलन नरोकिने बताउनुभएको छ । मधेसी आन्दोलनकारी र जनतामाथि अन्याय नरोक्दासम्म सार्थक निष्कर्षमा पुग्न सकिँदैन भन्नुभयो । उहाँले भन्नुभयो – “राज्यले वार्ताबाट समस्याको समाधान खोजेको छैन, घाइते आन्दोलनकारीको उपचार भएको छैन, उपचार गराइरहेकालाई वास्ता गरेको छैन ।” नेपाली काँग्रेस र एकीकृत नेकपा९माओवादी०सँग भएको वार्ताले पनि निष्कर्ष नदिएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भन्नुभयो – “बुँदागत रूपमा छलफल गरौँ, सहमति गर्ने विषयमा सहमति गरौँ, गर्न नसक्ने विषयमा पुनः छलफल गरौँ ।” अध्यक्ष ठाकुरले चाँडो समस्याको समाधानका लागि मधेसको माग सम्बोधन हुनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]