ललितपुर महानगरको मेयरमा कांग्रेसका महर्जन, उपमेयरमा एमालेकी शाक्य विजयी

जेठ १०, काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका छन्। महर्जनले हालसम्म ४२ हजार ७ सय २२ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत प्राप्त गरेका छन्। उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य विजयी भएकी छन् । शाक्यले २५०८५ मत ल्याएकी छन्।
त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८७५२ मत ल्याएका छन्।