काठमाडौँमा ३१ हजार मत गन्न बाँकी, सिर्जना र स्थापितको मतान्तर १६, बालेनले कति पाए


जेठ १०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। उनी पाँच दलीय गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह भन्दा फराकिलो मतान्तरले अगाडि छन्।

पछिल्लो मत परिणाम अनुसार बालेन ५२ हजार २५१ मत पाएका छन्। उनी प्रतिद्धन्द्धी सिर्जनाले ३२ हजार ८२२ मत ल्याउँदा स्थापित ३२ हजार ८०६ मतसहित पछ्याइरहेका छन्।

यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ३२ हजार ८२१ मत पाएका छन्। सिर्जना र केशवबीच जम्मा १६ मतको अन्तर छ। चौथो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ६०५ मत पाएका छन् ।

काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो। अहिलेसम्म १ लाख ५९ हजार १६२ मत गणना भएको छ। अब गन्न बाँकी मत संख्या ३१ हजार ८८९ रहेको छ । भृकुटीमण्डपमा मतगणना जारी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]