‘हत्या प्रयासबाट जोगिए पुटिन ’


जेठ १०, मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्याको प्रयासबाट बच्न सफल भएको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन्। रुस–युक्रेन द्वन्द्व तीव्र भइरहेको र पुटिनको स्वास्थ्यलाई लिएर हल्ला फैलिरहेका बेला युक्रेनी अधिकारीको यस्तो दाबी आएको हो।

युक्रेनको रक्षा गुप्तचर प्रमुख मेजर जनरल किरिलो बुडानोभका अनुसार ब्ल्याक सी र क्यास्पियन सीको बीचको क्षेत्र काकेशसमा उनको हत्याको ‘असफल’ प्रयास भएको थियो। रुसले युक्रेनमाथि २४ फेब्रुवरीमा हमला गरेपछि हत्या प्रयास भएको जनाइएको छ।

‘पुटिनको हत्या गर्ने प्रयास भएको थियो, उनीमाथि काकेशसका प्रतिनिधिहरूले पनि आक्रमण गरेका थिए, धेरै समय अघि होइन’, बुडानोभलाई उद्धृत गर्दै एक युक्रेनी सञ्चार माध्यमले जनाएको छ।

उनले अगाडि थपे, ‘यो गैर–सार्वजनिक जानकारी हो। (यो एउट) बिल्कुल असफल प्रयास थियो, तर यो साँच्चै भयो, करिव २ महिनाअघि।’ बुडानोभसँगको पूरा अन्तर्वार्ता मंगलबार प्रसारण हुनेछ ।

पछिल्लो समयमा राष्टपति पुटिनको स्वास्थ अवस्थालाई लिएर अमेरिकी सञ्चार माध्यमहरूले टिकाटिप्पणी गर्दै आएका छन्। पुटिनलाई क्यान्सर र पार्किन्सन भएको हुन सक्ने ती सञ्चार माध्यमले अनुमान गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]