ब्रिसबेनमा १२ कार एक-आपसमा ठोक्किँए, ६ जनालाई अस्पताल लगियो


जेठ १०, मेलबर्न अष्ट्रेलिया । ब्रिसबेनमा १२ वटा कारहरू एकापसमा ठोक्किएका छन्। दक्षिणी ब्रिसबेनको प्यासिफिक मोटरवेमा मंगलबार ती कारहरू ठोक्किएका हुन्। उक्त दुर्घटनामा परी ६ जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

अहिले एकतर्फी सडक सञ्चालन भएता पनि सवारीहरूको ठूलो लाइनले गर्दा बिहानैभरि नै ठूलो ढिलाइ हुने अपेक्षा गरिएको छ। उक्त दुर्घटना ग्रिनस्लोपको मोटरवेमा जुलियट स्ट्रीट अफ र्‍याम्प नजिक नर्थबाउन्ड लेनहरूमा बिहान ६ बजेको समयमा भएको थियो। घटनास्थलमा पाँच एम्बुलेन्स टोली बोलाइएको थियो।

दुर्घटनामा पनि गम्भीर घाइते भएन तर छ जनालाई स्थिर अवस्थामा अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। क्वीन्सल्याण्डका प्रहरी वरिष्ठ सर्जेन्ट टोड सुकिकले लेनहरू २० देखि २५ मिनेटका लागि बन्द गरिएको भएता पनि बिहान ६ बजे एकतर्फी सवारी सञ्चालन गरिएको बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]