इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढ्यो, कहाँको कति ?


जेठ १०, काठमाडौँ । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ। नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ। नयाँ भाडादरमा ९० देखि ४४५ सम्म वृद्धि भएको छ।

सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा ४४५ बढेको छ। वृद्धि भएको भाडादर अनुसार काठमाडौँ–सिमराको भाडा रतीन हजार ७२५ कायम भएको छ भने काठमाडौँ–धनगढी १५ हजार ६६५ कायम भएको छ। काठमाडौँ–भद्रपुर ११ हजार ९३५, काठमाडौँ–विराटनगर नौ हजार ३२५, काठमाडौँ–जनकपुर पाँच हजार २५०, काठमाडौँ–भरतपुर चार हजार ४३५ र काठमाडौँ–पोखरा छ हजार ३०५ कायम भएको छ। काठमाडौँ–भैरहवा सात हजार ८८०, काठमाडौँ–नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौँ–तुम्लिङटार सात हजार ४६० कायम भएको छ।

माउन्टेन फ्लाइटको भाडादर रु १३ हजार ७६५ कायम भएको सङ्घले जनाएको छ। नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० वृद्धि गरेको थियो। अहिले हवाई इन्धन ९आन्तरिक०को मूल्य प्रतिलिटर रु १६६ छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]