मस्जिदमा गरिएको विस्फोटमा ३० व्यक्तिको मृत्यु ६५ घाइते


nigeria1उत्तरपूर्वी नाइजेरियाको एक मस्जिदमा गरिएको दुई विस्फोटनमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरपूर्वी राज्य बार्नोको प्रान्तीय राजधानी मैदुगुरीस्थित एक मस्जिदमा सोमबार भएको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र अन्य ६५ जना घाइते भएको स्थानीय अस्पताल तथा प्रशासन स्रोतले बताएको छ । स्रोतका अनुसार कम्तीमा ३० जना मृत शरीर घटनास्थल वरपर भेटिएका थिए । मस्जिदभित्रै विच्छ्याइएका विश्वास गरिएका दुई विस्फोटक पदार्थ दर्शनार्थी मस्जिदमा भेला भएको अवस्थामा एकपछि अर्को गर्दै विस्फोट भएका थिए । मस्जिद मैदुगुरीस्थित जिदारीमोलो क्षेत्रको सुलेमान्टी इलाकामा अवस्थित छ । विस्फोटक पदार्थहरू ठूला भएकाले विस्फोटका कारण मस्जिद नजिकैका घरमा बसिरहेका मानिसहरू तथा घरलाई पनि क्षति पुगेको सुरक्षा अधिकारीले जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]