सदनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता


Joj:yflksf ;+;bsf] cfOtaf/ a;]sf] a}7sdf ;xefuL ;ef;bx? . tl:a/ M /Tg >]i7, /f;; .

भूकम्प गएको नौ महिनाभन्दा बढी समय भइसक्दासमेत भूकम्पपीडितले राहत नपाएको भन्दै व्यवस्थापिका–संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेसका सांसद नवीन्द्रराज जोशी प्रस्तावक रहनुभएको सो प्रस्तावको समर्थकमा सांसदहरू कमला पन्त, मोहनबहादुर बस्नेत, कञ्चनचन्द्र वादेश्रेष्ठ, मोहन बराल, दीपकप्रसाद बराल र बहादुरसिंह लामा हुनुहुन्छ । संसद् सचिवालयमा दर्ता भएको सो प्रस्तावमा गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पनबाट पीडित नेपाली जनता भूकम्प गएको नौ महिना बितिसक्दा पनि चिसो छानामुनि प्रताडित भएर बस्नुपर्ने बाध्यता र दैनिकजसो चिसोका कारण मृत्युवरण गर्नुपर्दा सरकार संवेदनाहिन देखिएको भन्ने उल्लेख गरिएको छ । भूकम्पपीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई दबाब दिने उद्देश्यले प्रस्ताव दर्ता गराइएको जानकारी दिँदै प्रस्तावक जोशीले तत्काल सदनमा छलफल होस् भन्ने अपेक्षा राखिएको राससलाई जानकारी दिनुभयो । यसअघि सदनमा भारतले जारी राखेको अघोषित नाकाबन्दीका विषयमा पनि सदनमा दुई फरक–फरक सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]