युक्रेन युद्धले विस्थापितको संख्या १० करोड नाघ्यो


जेठ ९, किभ । युक्रेन युद्धले विश्वभर जबरजस्ती विस्थापित व्यक्तिहरूको संख्या पहिलो पटक १० करोडभन्दा माथि पुगेको राष्ट्रसंघीय उच्च आयुक्तको कार्यलयले जनाएको छ।

द्वन्द्वका कारण युक्रेनमा ८० लाखभन्दा बढी मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् भने ६० लाख मानिसले देश छाडेका सो निकायले जनाएको छ।
रुसी फौजले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा निरन्तर हमला गरेको छ।

रुसी सेनाले सेभेरोदोनेत्स्कमा हमला गरेको छ। उनीहरूले सहरतर्फ नयाँ घेराबन्दी गर्ने योजना बनाएका छन्। युक्रेनी सरकारले किभले मस्कोसँग युद्धविराम सम्झौतामा सहमत नहुने जनाएको छ।

कुनै क्षेत्र दिएर मस्कोसँगको युद्धविराम सम्झौतामा सहमत नहुने किभले जनाएको छ। मस्कोले लामो अवधिमा अझ ठूलो र अधिक रक्तपातपूर्ण आक्रमण सुरु गर्न सक्ने राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकले बताए।

यसैबीच, पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले युक्रेनको संसदलाई सम्बोधन गरेका छन्। युक्रेनमाथि रुसी हमला भएपछि युक्रेनको संसद सम्बोधन गर्ने उनी पहिलो विदेशी नेता हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]