सकियो प्रधानसेनापति कप महिला फुटबल, उपाधि सशस्त्र प्रहरीलाई


armyप्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)को महिला फुटबल टोलीले हात पारेको छ । भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा भएको फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबको महिला फुटबल टोलीलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । एपिएफको जितमा अनिता बस्नेत र सावित्रा भण्डारीले गोल गरे । बस्नेतले खेलको पहिलो हाफमा गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाइन् भने भण्डारीले खेलको दोस्रो हाफमा एक गोल थप्दै एपिएफको जित सुनिश्चित गरिन् । उपाधिसँगै एपिएफले रु तीन लाख प्राप्त गरेको छ । त्यस्तै, खेलको निर्धारित समयसम्म आर्मीले गोल गर्न निकै प्रयास गरे तापनि त्यो सफल हुन नसक्दा प्रतियोगितामा उपविजेतामा सीमित बन्नुप¥यो । उपविजेता बनेको आर्मीले भने रु एक लाख ५० हजार प्राप्त गरेको छ । त्यसैगरी, सेमिफाइनमा प्रवेश गर्ने दुई टोली नेपाल प्रहरी क्लब र मध्यमाञ्चल महिला फुटबल टोलीले जनही रु ५०÷५० हजार प्राप्त गरेका छन् । त्यसैगरी, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि त्रिभुवन आर्मी क्लबकी खेलाडी अन्जली वाइबाले प्राप्त गरिन् । उनले उपाधिस्वरुप यामाहा कम्पनीको एक थान स्कुटर प्राप्त गरिन् । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक रत्नकाजी महर्जन, उत्कृष्ट गोलकिपर अन्जीला तुम्बापो सुब्बा, उत्कृष्ट डिफेन्डर हीराकुमारी भुजेल, उत्कृष्ट फरवार्ड सावित्रा भण्डारी र प्लेयर अफ द म्याच अनिता बस्नेत घोषित भए । उनीहरू सबै एपिएफका खेलाडी हुन् । प्रतियोगितामा उत्कृष्ट मिडफिल्डरको उपाधि भने आर्मीकी दीपा राईले प्राप्त गरिन् । विजेता टोलीलाई नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । नेपाली सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही पुस ६ गतेदेखि सञ्चालन भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]