उत्तरी इङ्ग्ल्यान्डका बाढी प्रभावित समुदायलाई आपतकालीन सहयोगको घोषणा


uk floodबेलायती यातायात मन्त्रालयले बाढी प्रभावित क्षेत्रको बाटो मर्मतका लागि छ करोड अमेरिकी डलरको आतकालीन कोषको घोषणा गरेको छ । केही समय अघि उत्तरी इङ्ग्ल्यान्डमा भएको मसुलधारे वर्षापछिको बाढी तथा डुबानका कारण उक्त क्षेत्रमा यातायात मार्गमा ठूलो क्षति भएको छ । बाढीका कारण हजारौँ मानिसलाई उनीहरूका घरबाट अन्यत्र सुरक्षित स्थलमा सारिएको छ । बाढीले केन्द्रसँग सम्पर्क गराउने उडक ठाउँठाउँमा भत्किएका छन् । बाढीपछि उर्लिएर आएका नदी तथा खहरे खोलाहरूले पुल तथा अन्य संरचनासमेत बगाएको छ । यातायातमन्त्री प्याट्रिक म्याग्लफलिनले सरकारले छिट्टै आपतकालीन सहयोगलाई पीडितमाझ पु¥याउने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]