झापामा शिक्षा विकासका लागि अष्ट्रेलियामा क्रुज पार्टी गरिँदै


Full page photoझापाली समाज अष्ट्रेलियाले आगामी जनवरी १६ तारिखका दिन क्रुज पार्टीको आयोजना गरेको छ । झापामा रहेका सार्वजनिक विद्यालयहरुको स्तरोन्नति गर्ने योजना अघि सारेर १० वटा विद्यालयलाई सहयोग सुरु गरेको समाजले यही कार्यलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागेको हो । कार्यक्रमका संयोजक एवं संस्थाका उपाध्यक्ष दिपक चुडालका अनुसार झापाका १० विद्यालयलाई ३० लाख प्रदान गरेको संस्थाले कोही पनि विद्यार्थी गुणस्तरीय शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भनी अभियान चलाएको छ । क्रुज पार्टीमा सहभागी भएर समाजका लागि योगदान पनि दिन सकिने भन्दै संस्थाका अध्यक्ष दिपक खनालले मनोरञ्जनात्मक कार्यक्रम समेत गरिने भएकोले परिवारका साथ सहभागी हुन आह्वान गर्नुभयो । कार्यक्रममा सहभागी हुनका लागि ६० डलर टिकट शुल्क तोकिएको छ भने १२ वर्षमुनीका बालबालिका लागि ३० डलर टिकट लाग्ने पनि खनालले जानकारी दिनुभयो । खनालले भन्नुभयो, “नयाँ वर्षको अवसरमा वर्षभरिका लागि नयाँ ऊर्जा र उत्साह प्राप्त गर्ने तथा साथीभाई जमघट हुने अपूर्व अवसर पनि हो । यसका साथै समाजसेवामा पनि योगदान गर्न सकिने भएकोले कार्यक्रममा सहभागी भइदिन नेपाली समूदायका सबै सदस्यहरुलाई हामी आग्रह गर्दछौं ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]