एमालेकै वरिष्ठ नेता भन्छन, सरकार तस्करी र महँगी नियन्त्रण गर्न असफल


d+unaf/ ;fFem ;f}/fxfdf Pdfn]sf] sfo{stf{ e]nfdf sfo{stf{nfO{ ;Djf]wg ub{} Pdfn] al/i7 g]tf dfwj s’df/ g]kfn . tl:a/ Mgf/fo0f 9’+ufgf÷/Tggu/ lrtjg /f;;

नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले तस्करी र महँगी नियन्त्रण गर्न नसक्दा जनता मारमा परेको बताउनुभएको छ । नेकपा (एमाले), काभ्रेपलाञ्चोकले बनेपामा नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उहाँले तस्करी र महँगी नियन्त्रणमा सरकारको उपस्थिति देखिएको छैन भन्नुभयो । मुलुकमा अहिले देखिएको समस्या समाधान गर्न पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै वरिष्ठ नेता नेपालले पार्टी एकताबद्ध भए मुलुकमा देखिएका सबै चुनौतीको सामना गर्न एमाले सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतको नाकाबन्दी, मधेसी मोर्चाको आन्दोलन, भूकम्पले सिर्जना गरेको समस्या मुलुकका लागि ठूलो चुनौती भएको उल्लेख गर्दै सीमाङ्कनबाहेक अन्य धेरै विषयमा वार्ताको माध्यमबाट टुङ्ग्याउन सकिने बताउनुभयो ।
सीमाङ्कनको विषय जिल्लासँग जोडिएको विषय हो त्यसैले यसलाई मात्र राजनीतिक मुद्दा बनाउनुहँुदैन उहाँले भन्नुभयो । सीमाङ्कनको विषयमा निर्णय लिँदा विचार पु¥याउनुपर्ने उल्लेख गर्दै नेता नेपालले संविधानको विषयमा किचलो झिकेर मुलुकलाई दूरगामी रूपमा नकारात्मक असर पु¥याउने काम गर्नुहँुदैन भन्नुभयो । सो अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पदभार ग्रहणपछि प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]