दुई वर्षभित्रै पार्टीलाई एक नम्बरको बनाउँछु – अध्यक्ष दाहाल


lgd{n nfdf :d[lt k|lti7fgsf] bf];|f] ;fwf/0f ;efnfO{ ;Daf]wg ug'{x’Fb} PsLs[t g]skf-dfcf]jfbL_sf cWoIf k’iksdn bfxfn . tl:j/M /d]z nD;fn, /f

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आगामी दुई वर्षभित्र सबै माओवादी पार्टीलाई मिलाएर मुलुककै सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा आफू लागेको दाबी गर्नुभएको छ । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कोटेश्वरमा आयोजित १२२औँ माओत्सेतुङ जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुक एमाओवादीको एजेण्डामा अगाडि बढे पनि माओवाद मान्ने घटकहरू नै विभिन्न टुक्रामा विभक्त हुनु राम्रो नभएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो –‘‘नेतृत्व, कार्यकर्ता तह कसले कहाँ के कति गल्ती गरे त्यसको समग्र समीक्षा गरिनुपर्छ । सबैले आत्मालोचना गरेर नयाँ आधारमा अगाडि बढ्नुपर्छ । अब पनि पुरानै तरिकाले अगाडि बढियो भने न त मुलुकको हित हुन्छ न त नेपाली जनताको नै कुनै प्रगति हुन्छ ।’’
केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकले सबै माओवादी घटकलाई एकताका लागि आह्वान गरेको र परिणाम सकारात्मक दिशातिर नै गइरहेको उहाँको कथन थियो । एमाओवादी तेस्रो पार्टी भए पनि मुलुकको समस्या समाधान गर्न नेतृत्व प्रदान गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले लहड र सनकका आधारका कुनै पनि विषय सार्थक निष्कर्षमा पुग्न नसक्ने स्पष्ट पार्नुभयो । मुलुक, जनता र राष्ट्रियता तथा सार्वभौमसत्ताको पक्षमा अडान राख्दा आफ्नो पार्टी पटक–पटक टुक्रा पारिएको भन्दै उहाँले एमाओवादी जस्तोसुकै सङ्कटमा फसे पनि जनताको पक्षमा काम गर्न नछाड्ने दृढता व्यक्त गर्नुभयो । एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माणमा लाग्नुभएका डा बाबुराम भट्टराईप्रति परिलक्षित गर्दै अध्यक्ष दाहालले भन्नुभयो – “केही मान्छे माओवाद छाडेर आफूखुसी गर्दै हिँडेका छन् । यसले सहिद, घाइते, बेपत्ता नागरिकको भावना विपरीत काम भएको छ । कतै यो अपराधीकरणको दिशामा त लागेको छैन ?’’ आफ्नो कुनै पनि व्यक्तिगत स्वार्थ नभएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सम्पूर्ण ध्यान राष्ट्रको समुन्नतिमा नै केन्द्रित रहेको बताउनुभयो । मुलुकले भोग्नुपरेको विद्यमान समस्या समाधानका लागि आफू र आफ्नो पार्टी क्रियाशील रहेको उल्लेख गर्दै उहाँले तराई–मधेसको समस्या राजनीतिक तवरले हल गर्ने र संविधानको सहज कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
पार्टी बल्ल सही ठाउँमा
एमाओवादीका नेता अमिक शेरचनले पार्टी बल्ल सही ठाउँमा आइपुगेको उल्लेख गर्दै राष्ट्रियताको जगेर्ना र सार्वभौमसत्ताको पक्षमा देखाएको अडान सार्थक रहेको बताउनुभयो । पद र प्रतिष्ठाका लागि राजनीतिमा नलागेको भन्दै नेता शेरचनले पछिल्लो पटक आफूलाई राष्ट्रपतिको प्रस्तावसमेत आएको, विगतमा एमालेले अध्यक्ष बन्न अनुरोधसमेत गरेको उल्लेख गर्नुभयो । नेता शेरचनले भन्नुभयो – ‘‘म पद र प्रतिष्ठाका लागि पार्टीमा लागेको होइन, मलाई मोह पनि छैन । पार्टीले आन्दोलनको कार्यक्रम ल्याओस् म नेतृत्व गर्न तयार छु ।’’ क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले डा बाबुराम भट्टराईले माओवाद असफल भयो भनेर गैरकम्युनिस्ट राजनीतिमा लागेको आरोप लगाउनुभयो । उहाँले जनयुद्धका क्रममा मारिएका १७ हजार नागरिकको परिवारलाई डा भट्टराईले कुनै जवाफ दिनुपर्छ कि पर्दैन ? मलाई काम गर्न दिएनन्, पार्टी बिग्रेको भन्दै मझदारमा छोडेर हिँड्न मिल्छ ? भन्ने प्रश्न गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]