संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्ने


???????????????????????????????????????????????????नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानमा उल्लेखित व्यवस्थाप्रति गलत बुझाइले तराईको समस्या निम्तिएको बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति पौडेलले संविधानमा जारी गरिएका कुरा जनतालाई बुझाउन नसक्दा अहिलेको स्थितिको सिर्जना भएको दाबी गर्नुभयो । “नेपाली काँग्रेसको नेतृत्वमा संविधान बनेको र कार्यान्वयनमा पनि नेपाली काँग्रेसले नै नेतृत्व गर्छ”, उपसभापति पौडेलले भन्नुभयो–“काँग्रेसको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयन हाम्रो साझा दायित्व हो ।” “देशमा जारी रहेको समस्या समाधानका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस गम्भीर ढङ्गले प्रस्तुत भएको छ”, उपसभापति पौडेलले भन्नुभयो–“सरकार पनि यसमा गम्भीर बनेर आन्दोलनरत दललाई छिटोभन्दा छिटो वार्तामा ल्याएर देशलाई निकास दिनुपर्छ ।” कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले कम्युनिस्टले समस्या मात्रै जन्माउने तर त्यसको समाधान काँग्रेसले दिँदै आएको दाबी गर्नुभयो । उहाँले अहिलेको सरकारले मन्त्रालय फोडेर गठन गरिएको सरकार दुई दिनको घामछायाँ भएको जिकिर गर्नुभयो । “पार्टीको आसन्न १३औँ महाधिवेशनले पार्टीलाई परिमार्जन गर्नुपर्छ, पार्टीको आवश्यकता तथा पुराना सोच, संस्कारमा परिवर्तन गर्नु आवश्यक छ”, उपसभापति पौडेलले भन्नुभयो–“अब त्यसको सही मूल्याङ्कन कार्यकर्ताले गर्नेछन् जसले गर्दा आगामी महाधिवेशन सफलताको महाधिवेशन हुनेछ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]