ऐतिहासिक मोडमा नेपाल चीन सम्बन्ध, के छ पेट्रोलियम पदार्थ आपूर्ति र व्यापार विविधीकरण सम्झौतामा ?


pkk|wfgdGqL Pjd k//fi6«dGqL sdn yfkf cfˆgf lrlgofF ;dsIfL jfª oL;Fu j]Olhªl:yt rLgsf] k//fi6« dGqfnodf g]kfn rLg jftf{ cl3 . tl:a/ ;f}hGo M k//fi6« dGqfno

दीर्घकालीन रुपमा पेट्रोलियम पदार्थको आपूर्ति एवम् द्विपक्षीय व्यापार विविधीकरणमा सहमति जनाउँदै नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता चीनको राजनधानी बेइजिङमा सम्पन्न भयो । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा र उहाँका समकक्षी वाङ यी नेतृत्वको द्विपक्षीय वार्तामा सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवद्र्धन र भूकम्पबाट अवरुद्ध भएका दुवै मुलुकलाई जोड्ने राजमार्ग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ परराष्ट्र मन्त्रालयमा भएको वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका सबै विषयमा विचारविमर्श भएको थियो । दुवै मुलुक उच्च तहमा सहयोग एवम् भ्रमण आदानप्रदानलाई कायम राख्न सहमत भएका छन् भने नेपालको विकास क्षमता अभिवृद्धिमा सघाउनाका साथै अधिक मात्रामा नेपाली उत्पादन आयात गर्न चीनले सहमति जनाएको छ ।
नेपालको पर्यटन प्रवद्र्धनमा सघाउन चीनले आफ्ना नागरिकमाथि लगाएको ‘नेपाल भ्रमणप्रतिको सतर्कता सूचना’ खारेज गरेको छ भने नेपाल सरकारले पनि चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा दस्तुर मिनाहा गर्ने घोषणा गरेको छ । नेपालमा नयाँ संविधान जारी भएपछि गठन भएको नेपाल सरकारका पहिलो उच्च अधिकारी उपप्रधानमन्त्री थापालाई स्वागत गर्दै विदेशमन्त्री बाङले नेपाललाई शान्त, स्थिर र समृद्ध मुलुकका रुपमा विकसित भएको हेर्ने चीनको दृढ इच्छा रहेको बताउनुभयो । साथै उहाँले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने बताउनुभएको उक्त मन्त्रालयले केहीबेर अघि जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । चिनियाँ पक्षले यथाशीघ्र नेपालका प्रधानमन्त्रीलाई आफ्नो मुलुकको भ्रमण गर्न आमन्त्रण गरेको छ भने आगामी वर्ष चीनबाट पनि उच्चस्तरमा नेपालको भ्रमण हुनेछ ।
बितेका ६० वर्षमा द्विपक्षी सम्बन्ध र सहयोगमा भएको प्रगतिप्रति दुवै पक्षले हर्ष प्रकट गर्दै व्यापार पारवहन, लगानी, ऊर्जा र पूर्वाधार विकासका क्षेत्रमा पारस्परिक सहयोगलाई घनीभूत तुल्याउन सहमति जनाएका छन् । नेपाल र चीन विद्यमान सीमा नाकाको स्तरोन्नति तथा सञ्चालनका साथै दुुई देशबीचको सम्पर्क बढाउन अन्य नाका सुरु गर्न सहमत भएका छन् । गत वैशाख १२ गतेको भूकम्पबाट अवरुद्ध भएको तातोपानी–जङमु नाका प्राथमिकताका साथ पुनः सञ्चालन गर्न पनि चिनियाँ पक्षले सहमति जनाएको छ । स्वतन्त्र व्यापार क्षेत्र, पारवहन, द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (बिप्पा)बारे सहमतिमा पुग्न अन्तरसरकारी संयन्त्रलाई जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ । पेट्रोलियम पदार्थको आयातका लागि दुवै मुलुकका सम्बन्धित निकायले मूल्य, ढुवानी तथा अन्य बन्दोबस्तीका कार्य संयुक्त रुपमा सम्पादन गर्न चीनले सुझाएको छ । साथै चीनले आफ्नो स्वाशाषित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालका भूभागमा अतिरिक्त इन्धन उपलब्ध गराउने भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि आफूले गरेको सहयोगको प्रतिबद्धताअनुरुप पुनर्निर्माणका परियोजना चाँडै थाल्ने तथा पुनर्निर्माणकै माध्यमबाट नेपालको औद्योगिकीकरणको प्रक्रियामा पनि सघाउने अभिरुची चीनले प्रकट गरेको छ । नेपाल र चीनबीच अरनिको राजमार्ग तथा पारस्परिक सम्पर्कका अन्य सञ्जाल र परियोजनाको मर्मतसम्भारसम्बन्धी आर्थिक एवम् प्राविधिक सहयोगको सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा अर्थसचिव लोकदर्शन रेग्मी र चिनियाँ वाणिज्य सचिव झाङ झयाङचेनले गर्नुभयो । उक्त कार्यका लागि चीनले ९० करोड चिनियाँ युआन अनुदानस्वरुप उपलब्ध गराउने छ । उक्त अनुदानको घोषणा चीनका राष्ट्रपतिले आफ्ना नेपाली समकक्षीसँग यसैवर्ष बोआओमा भएको भेटमा गर्नुभएको थियो । वार्तापछि विदेशमन्त्री बाङले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आजै दिवाभोजको आयोजना गर्नुभएको थियो । त्यस अवसरमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेल तथा प्रतिनिधिमण्डलका अन्य सदस्यको उपस्थिति थियो । उपप्रधानमन्त्री थापा नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार बेइजिङ प्रस्थान गर्नुभएको हो ।

यस्तो छ सम्झौता चीन र नेपालका व्यवसायीहरुबीच पेट्रोल तथा ग्यासको दीर्घकालीन व्यापारलाई प्रोत्साहन गरिने । चीनियाँ पक्षले नेपाल र चीनका व्यवसायी मार्फत इन्धनर विक्री गर्ने । चीनियाँ व्यवसायिले नेपालमा दीर्घकालीन रुपमै इन्धन व्यापार गर्न पाउने । नेपालमा पछिल्लो समय आइपरेको उर्जा संकटका विषयमा नेपालमै आएर चीनले छलफल गर्ने । दुई पक्षबीच उच्चस्तरिय भ्रमणलाई निरन्तरता दिँदै जाने । चीनले प्रधानमन्त्री केपी ओलीलाई भ्रमणको निमन्त्रणा पठाएको छ । चीनले उच्चस्तरीय आदानप्रदान भ्रमणका लागि सन् २०१६ मा चीनको भ्रमण गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो । सोही अवसरमा मन्त्री कमल थापाले राष्ट्रपति विद्या भण्डारीले चीनका राष्ट्राध्यक्ष सी जिन पिङलाई पठाएको निम्तो चीनका परराष्ट्रमन्त्री वाङ यीमार्फत हस्तान्तरण गरेका छन् । अरनिको राजमार्गको मर्मत–सम्भार तथा पुनः संचालनमा ल्याउने । नेपालमा भूकम्पको समयमा भत्किएका संरचना पुनर्निर्माणमा सहयोग गर्ने सँगै चीनले नेपाली उत्पादनलाई प्राथमिकता दिने । दुई देशको आपसी व्यापार तथा लगानी सहयोगको प्रबर्द्धन गर्ने । यो सहमतिले नेपाली उत्पादनलाई सहज रुपमा चिनियाँ बजारमा जान सक्ने देखिन्छ । चीनले नेपालको आवश्यकता अनुरुप औद्योगिक प्रणाली स्थापना गर्न समेत सघाउने प्रतिवद्धता जनाएको छ । अन्तर्देशीय व्यपार विस्तार गर्न अहिले सञ्चालन भएका नाका व्यवस्थित गरिने र सञ्चालन हुन नसकेका नाकालाई सञ्चालनमा ल्याउने । अन्तर्देशीय व्यापारमा नेपाललाई चीनले सक्दो सहयोग गर्ने । सीमा पार ढुवानी सन्धीमा हस्ताक्षर गर्ने विषयमा दुवै देशले अनुसन्धान गर्ने । तत्काल अनुसन्धान अगाडि बढाएर सीमा पार व्यापारलाई प्रयोगमा ल्याउने । चीन र नेपालका बीचमा स्वतन्त्र व्यापारको सम्भावनाका विषयमा अध्ययन गर्ने । चीनियाँ पक्षले चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा आउनबाट गरेको सतर्कतालाई उसको वेभसाइटबाट हटाउने । भूकम्पपछि समेत नेपाल पर्यटकलाई स्वागत गर्न तयार भएको जानकारी भएपछि चीनियाँ पक्षले नेपालमा निर्धक्क साथ घुमफिर गर्न आफ्ना जनतालाई सूचना दिने । चिनियाँ पर्यटकलाई नेपालमा घुमफिर गर्दा सुरक्षा कडाई नगर्ने ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]