संसदमा प्रदीप ज्ञवालीले भने- सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्री र अर्थमन्त्री अब ब्यूँझिनुस् देश संकटमा छ


जेठ ३, काठमाडाैँ । एमाले सांसद प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक अवस्थासहितका कारण देश संकटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर बन्न नसकेको आरोप लगाए।

‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू ब्युँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश संकटमा छ’, उनले भने, ‘देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन। हामी यसको खबरदारी गर्छौैं।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]