उत्तर कोरियामा थप २ लाख ६९ हजारमा ज्वरोको लक्षण

जेठ ३, एजेन्सी । उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ। राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २ लाख ६९ हजार ५१० जनामा ज्वरोको लक्षण देखिएको जनाएको छ। उनीहरू सबैलाई कोभिड भएको अनुमान गरिएको छ । हालम्म १४ लाख ८३ हजारमा यस्तो लक्षण देखिएको छ। सोमबार साँझसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५६ थियो।
सेनाको मेडिकल समूहलाई राजधानी प्योङयाङमा औषधिको आपूर्ति सुधार गर्न पठाइएको जनाइएको छ। हाल प्योङयाङ महामारीको मुख्य केन्द्र बनेको छ। उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड नियन्त्रणका लागि तत्काल कदम चाल्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्।
समूहको उदेश्य राजधानी प्योङयाङमा व्याप्त जनस्वास्थ्य संकटलाई कम गर्ने रहेको बताएको छ।