दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस पुग्यो, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध


Photo: PTI

जेठ २, नयाँदिल्ली । तीब्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ। दिल्ली र उत्तर प्रदेशका स्थानहरूको तापक्रम ४९ डिग्री सेल्सियस मापन गरिएको छ। मौसम कार्यालयले केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ।

दिल्लीमा सफदरजंग अब्जरभेटरीले ४५ दशमलब ६ डिग्री सेल्सियस रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुई वटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस रिपोर्ट गरेका छन्।

सफदरजंगको तापक्रम यो सिजनको उच्च हो। अत्यधिक गर्मी बढेपछि सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]