दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी


वैशाख ३१, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. ११को वडाध्यक्षमा नेकपा(एमाले)का जयदत्त पन्त निर्वाचित भएकाछन्। पन्तको प्यानलबाट दलित महिला सदस्य विजयी भएकी छिन भने खुल्ला २ सदस्य र महिला सदस्यमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

यसअघि सुरनया गाउँपालिका वडा न.१को वडाअध्यक्षमा एमालेका धन बहादुर चन्द तथा शिवनाथ गाउँपालिका १मा काग्रेसका बल्देव सिंह चाड आआफ्नो प्यानलसहित विजयी भएका थिए।

यससँगै ८४ वडा रहेको बैतडीका तीन वडाको मतगणना सम्पन्न भएको छ भने अन्यमा मतगणना जारी छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]