देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता


वैशाख ३१, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली कांग्रेस विपी सुरेन्द्र मालीले ५६७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा कांग्रेसका उमेदवार ज्ञानु सेटीले १२५७ र एमालेका उम्मेदवार इन्द्र महराले ५८७ मत पाएका छन भने नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]