मतदान गरेर पर्कदा लडेर दुई जनाको मृत्यु


वैशाख ३१, धनकुटा । धनकुटा र भोजपुरमा मतदान गरेर फर्कदा लडेर दुई जनाको मृत्यु भएको छ।

धनकुटाको पाख्रिवास नगरपालिका-६ तीन दोभाने बस्ने ५६ वर्षीय गणेश बरालको लडेर शुक्रबार साँझ मृत्यु भएको छ हो।

प्रहरीका अनुसार सोही नगरपालिका-६ स्थित फलाटे माबि मतदान केन्द्रबाट भोट हाली घर फर्किने क्रममा तीन दोभानेचोक नजिक बाटोको छेउमा लडेर उनको मृत्यु भएको हो।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ सिकुवा बस्ने ३५ वर्षीया तारा राईको लडेर शुक्रबार साँझ मृत्यु भएको छ।

सोही ठाउँस्थित देबी माध्यमिक विद्यालय भबन लेखर्क मतदान केन्द्रमा मतदान गरी घर फर्कने क्रममा सोही ठाउँस्थित पान्धारे लेखर्क जाने बाटोबाट करिब ३ सय मिटर तल लडेर उनको घटनास्थलमै मृत्यु भएको हो।

दुबै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]