काठमाडौँको बुढानिलकण्ठ नगरपालिका दुवै पदमा एमालेको अग्रता


वैशाख ३१, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा मतगणना सुरु भएको छ। वडा नम्बर १ को मतगणना सकिँदा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा ल्याएका हुन्। मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।

उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएकी छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]