हेलिकोप्टर दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु


वैशाख ३०, काठमाडौँ । छत्तिसढको राइपुरस्थित एउटा विमानस्थलमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ। दुर्घटनामा क्याप्टेन गोपालकृष्ण पाण्डा र क्याप्टेन एपी श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ। अवतरण गर्न खोज्दा हेलिकप्टरमा आगो लागेको थियो। हेलिकोप्टरमा कुनै यात्रु थिएनन्।

बिहीबार राति ९ बजेर १० मिनेट जाँदा रायपुरको स्वामी विवेकानन्द विमानस्थलमा उडान अभ्यासका क्रममा उक्त दुर्घटना भएको प्रहरी वरिष्ठ उपरीक्षक प्रशान्त अग्रवालले बताए।

दुर्घटनाको कारण तत्काल थाहा हुन सकेको छैन। नागरिक उड्डयन महानिर्देशनालय र छत्तीसगढ सरकारको तर्फबाट विस्तृत प्राविधिक अनुसन्धान भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]