अष्ट्रेलियाले पायो रग्बी विश्वकप आयोजना गर्ने अधिकार, सिड्नीमा खुसियाली


वैशाख २९, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाले रग्बी विश्वकप आयोजना गर्ने अधिकार पाएको छ । अष्ट्रेलियाले सन् २०२७ को पुरूष र २०२९ को महिला रग्बी विश्वकप आयोजना गर्ने अधिकार पाएको हो।

अष्ट्रेलियाले विश्वकप आयोजना गर्ने अधिकार पाएसँगै सिड्नीको हार्बर ब्रिज बत्तिले झिलिमिली पारिएको थियो । विश्व रग्बीले डब्लिनमा अस्ट्रेलियाको पक्षमा अन्तिम भोट पछि उज्यालो बनाइँदा वालबिजका कप्तान माइकल हुपर र वाल्लारोजका कप्तान श्यानन प्यारी सिड्नी ओपेरा हाउसमा थिए ।

सन् १९८७ मा पहिलो प्रतियोगिता न्युजिल्याण्डपछि सह-आयोजक र २००३ मा एकल अधिकार जितेको अष्ट्रेलियाले पुरुष विश्वकप आयोजना गरेको यो तेस्रो पटक हुनेछ।

आयोजकले दाबी गरे अनुसार यी विश्वकपमा २.८ विलियन डलर खर्च हुने, १४ हजारभन्दा बढी रोजगारी सिर्जना हुने र नयाँ व्यापार व्यवसायमा ५०० मिलियनभन्दा बढी लगानी हुनेछ ।

रग्बी अष्ट्रेलियाका अध्यक्ष ह्यामिस म्याक्लेननले यो दिनै अष्ट्रेलियाको रग्बी इतिहासमा एेतिहासिक भएको प्रतिक्रिया दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]