मौन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु, काठमाडाैँ सुनसान (तस्बिरहरू)


वैशाख २९, काठमाडाैँ । स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ। मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौ उपत्यका छोडेका छन्।

मौन अवधि सुरूदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाडौं उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा मतदाताहरू बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौविस घण्टामा मात्रै ८३ हजार ६६० जना यात्रु बाहिरिएका छन् । त्यो अवधिमा ३५ हजार ६५७ जना यात्रु भने काठमाडौं भित्रिएका छन्।

यसअघि २७ वैशाखमा ५९ हजार ८१ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए। त्यो अवधिमा भने ४२ हजार ८३२ जना काठमाडौं उपत्यका भित्रिएका थिए। २६ वैशाखमा ५० हजार ९३० जना यात्रु बाहिरिएका थिए। त्यस्तै २५ वैशाखमा ५५ हजार ७४६ जना यात्रुले काठमाडौं छोडेका थिए।

तस्बिरहरू : न्युज कारखाना ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]