आईपीएलमा दिल्लीले राजस्थानलाई हरायो


वैशाख २९, काठमाडौँ । राजस्थान रोयल्सलाई ८ विकेटले हराउदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा छैटौं जित निकालेको छ।

बुधबार राति राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेको हो। दिल्लीका मिचेल मार्शले सर्वाधिक ८९ रन बनाए। डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६० रनको योगफल तयार पारेको थियो।

राजस्थानका रविचन्द्र आश्विनले ५० रन बनाए। यस्तै देबदुत पडिकलले ४८ रनको योगदान गरे। जितसँगै दिल्ली १२ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा छ। राजस्थान १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]