अष्ट्रेलियामा यौनकर्मीले सडकमै खुलेआम ग्राहक खोज्न पाउने, परिवर्तन गरियो नियम !


वैशाख २९, भिक्टोरिया (अष्ट्रेलिया) । अष्ट्र्रेलियाको भिक्टोरियामा यौनकर्मीहरूसँग सम्बन्धित नियममा परिवर्तन (सुधार) गरिएको छ। यसअघिका कडा प्रावधानलाई परिमार्जन गरि सहज बनाइएको छ।

परिमार्जित निमयसँगै भिक्टोरियामा यौनकर्मीहरूले खुल्ला रूपमा नै कुराहरू गर्न सक्ने भएका छन्। तर, यसका लागि निश्चित समय र स्थानमा भने कडाइ गर्न सकिने बताइएको छ।

मङ्गलबारदेखि सडकमा आधारित यौन कार्य अब भिक्टोरियामा सीमित परिस्थिति र स्थानहरूमा बाहेक कानुनी भएको छ। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म र पवित्र दिनहरूमा, विद्यालय वरपर, हेरचाह सेवा र पूजास्थल नजिकै यौन कार्य गर्नुलाई भने कानूनले अपराधको रूपमा परिभाषित गरेको छ।

नियममा परिवर्तन गरेपछि यस कार्यमा संलग्न व्यक्तिहरू अपराधबारे खुलेर रिपोर्ट गर्न सक्षम हुने राज्य सरकारले विश्वास लिएको छ।

उपभोक्ता मामिला मन्त्री मेलिसा होर्नले यो परिवर्तन “भिक्टोरियामा यौन कार्यलाई अपराधीकरणको लागि महत्वपूर्ण कोसेढुङ्गा“ भएको बताइन्।

त्यस्तै, कार्यक्षेत्र सुरक्षा मन्त्री इन्ग्रि स्टिले सबै क्षेत्रमा कामका श्रमीकहरूले सुरक्षित महसुस गर्न पाउनुपर्ने बताइन्।

उनले भनिन्, ’यस कार्यभित्र समर्पित यौन कार्य सुरक्षा टोलीको साथ हामी सुनिश्चित गर्नेछौं। कामदारहरूलाई सुरक्षित राख्नको लागि उत्तम मार्गदर्शन र प्रक्रियाहरू सहित यौन कार्यलाई उचित रूपमा नियमन गरिएको छ।’

लामो समयदेखि यौनकर्मीको पक्षमा वकालत गर्दै आएकी द रिजन पार्टीकी नेतृले भिक्टोरियामा यस कार्यलाई कानुनी मान्यता दिने प्रकृया सुरू भएकोमा खुसी व्यक्त गरेकी छिन्।

भिक्टोरिया र मेलबर्नमा सडकमा आधारित यौनकर्मीहरूको एकदमै सानो समूह भएका कारण राज्यमा सडकमा आधारित यौन कार्य नबढ्ने उनको तर्क छ। ’अन्तरराष्ट्रिय र अन्तरराज्यको  अनुभवले यौनकर्म नबढ्ने तर थप सुरक्षित हुने देखाएको छ।’ उनले भनिन्, ’यसले ती यौनकर्मीहरूलाई उनीहरू विरुद्ध भएको अपराध रिपोर्ट गर्न सक्षम बनाउँछ।’

भिक्टोरियामा ’सेक्स वर्क डिक्रमलाइजेशन याक्ट २०२१ ’को  परिणाम स्वरूप अहिलेको परिवर्तन भएको हो।

परिवर्तन अन्तर्गत, कुनै पनि व्यक्ति र संस्थाहरूलाई यौनकर्मी भएको आधारमा कसैलाई भेदभाव गर्न वा सेवा दिन अस्वीकार गर्न निषेध गरिएको छ।

भिक्टोरियाको यौन कार्य सुधारको दोस्रो चरण २०२३ को अन्त्यमा लागू हुने भएको छ। यौन कार्य इजाजतपत्र प्रणाली खारेज गरेसँगै यो परिवर्तन लागु गरिनेछ।

सन् १९९५ मा न्यू साउथ वेल्स र २०१९ मा नर्दन टेरिटोरीपछि यौन कार्यलाई अपराधमुक्त गर्ने तेस्रो अधिकारक्षेत्र भिक्टोरिया भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]