सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


वैशाख २८, काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९७ हजारमा आइपुगेको छ। तेजावी सुनको मूल्य पनि प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै बुधबार चाँदीको भाउमा पनि प्रतितोला ३० रुपैयाँ घटेको छ। चाँदी आज प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]