अष्ट्रेलियामा आज ५७ हजार बढी कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु


photo credit: APP

वैशाख २८, मेलबर्न अष्ट्रेलिया । पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा थप ५७ हजार ६३७ जनामा कोरोना पुष्टि भएको छ। देशका विभिन्न राज्यमा गरिएको कोरोना परिक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो। आज (बुधबार) थप ५१ जनाको कोरोनका कारण मृत्यु भएको छ।

न्यु साउथ वेल्समा आज १२ हजार २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। न्यू साउथ वेल्स स्वास्थ्य विभागका अनुसार पिसिआर परीक्षणबाट ४ हजार ८९२ एन्टिजेन परीक्षणबाट ७ हजार ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोही समयमा न्यु साउथ वेल्समा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।

यस्तै भिक्टोरियामा पछिल्लो २४ घण्टामा १३ हजार ९७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसअनुसार पिसिआर परीक्षणबाट ४ हजार ३१४ र एन्टिजेन परीक्षणबाट ९ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। भिक्टोरियामा आज कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ६७ हजार ६०८ रहेको छ।

पछिल्लो २४ घण्टामा क्वीन्सल्याण्डमा ७ हजार ४२७ जनामा कोरोना संक्रमण भएको छ। जसअनुसार पिसिआर परीक्षणबाट २ हजार ४५२ र एन्टिजेन परीक्षणबाट ४ हजार ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या ४१ हजार ४० रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ। सोही अबधिमा क्वीन्सल्याण्ड कोरोनाबाट १० जनाको मृत्यु भएको छ।

यस्तै तास्मनियामा १०५८, पश्चिम अष्ट्रेलिया १७३३, उत्तरी क्षेत्रमा ३४०, एसीटीमा १२४२ र साउथ अष्ट्रेलियामा ४२९९ जनामा कोरोना संक्रमण देखिएको छ। सोही अवधिमा साउथ अष्ट्रेलियामा ८, एसीटीमा २, पश्चिम अष्ट्रेलियामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]