भिक्टोरियाको स्तुपामा गाैतम बुद्ध नेपालमा जन्मिएको भनि सच्याउने इयान ग्रिन सम्मानित


वैशाख २७, भिक्टोरिया, अष्ट्रेलिया । अष्ट्र्रेलियाको भिक्टोरियामा नेपालीद्वारा बनाइएको पहिलो गणेश मन्दिर परिसरको The Great Stupa of Universal Compassion मा गाैतम बुद्ध नेपालमा जन्मिएको भनि सच्याउने इयान ग्रिन सम्मानित भएका छन् ।

कपिलवस्तु विश्व अभियानद्वारा लाख बत्ति बालेर विश्व शान्तिको कामना गर्दै मनाइएको २६४६ औं वुद्ध जयन्ती कार्यक्रममा ग्रीनलाई अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् ।

The Great Stupa of Universal Compassion मा गाैतम बुद्ध भारतमा जन्मिएको भनी लेखिएको थियो । त्यसपछि सम्बन्धित निकायमा पत्राचार गरेपछि बुद्ध नेपालमा जन्मिएको भनि सच्याइएको थियो ।

उक्त कार्यममा प्रोफेसर एलिजाबेथ ह्यारिश, प्रोफेर जियोफ्री हन्ट, डा पौल इनग्राम, डा महिन्दा डीगाले, डा किशोर बैद्य तथा प्रोफेसर हिसाओ इनागाकीद्वारा संयुक्त रुपमा लेखिएको Buddhist Studies for the Curious: Why Study Buddhist Studies पुस्तकको विमोचन पनि गरिएको थियो । पुस्तक बिमोचनको सन्दर्भमा निर्देशक इयानले जीवनलाई अर्थपूर्ण र सम्पन्न बनाउन बुद्धिज्मसम्बन्धी अध्ययनको महत्वबारे प्रकाश पारेका थिए ।

अष्ट्र्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा निर्माणाधिन यस स्तुपामा ठूलो रत्न गुणस्तरको २.५ मिटर अग्लो बुद्धको मूर्ति राखिएको छ । यसको निर्माण भइसकेपछि पश्चिमकै सबैभन्दा ठूलो बुद्धिस्ट स्मारक हुने र दैनिक ६०० को हारहारीमा आगन्तुक आउने अनुमान गरिएको छ । यो संख्या बुद्ध जयन्तीको समयमा हजाराैँमा परिणत हुने समेत अनुमान गरिएको छ ।

बेन्डिगोमा गणेश मन्दिर बनेपछि बेन्डिगोबाट हिन्दू मन्दिरका लागि मेलबर्न जानपर्ने समस्या हटेको छ भने हिन्दू परम्पराका कार्यक्रम यही गणेश मन्दिर परिसरमा गर्न सकिने भएको छ ।

प्रियंका प्रधानद्वारा उद्घोषणा गरिएको कार्यक्रममा मेलबर्नबाट करीब ८० जनाको उपस्थिति रहेको थियो । सोहीका कार्यक्रमका लागि ३ घण्टा लामो यात्रा तय गरेर समेत भक्तालुहरू आएका थिए । कार्यक्रमको समाप्तिपछि कार्यक्रममा उपस्थित बिदेशी नागरिक सहित सबैले ८० वर्षकी दिलमाया श्रेष्ठ (कान्छी) को हातको टीका ग्रहण गरी आशिर्वाद ग्रहण गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]