कलाकार भुवन केसी र श्वेता खड्का कांग्रेसमा प्रवेश

वैशाख २०, काठमाडौं । नेपाली चलचित्रका अभिनेता भुवन केसी, नायिका श्वेता खड्का र चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का कांग्रेसमा प्रवेश गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्।
कार्यक्रममा कलाकार नीर शाहलगायत उपस्थित थिए। कांग्रेस प्रवेश गरेका उनीहरुको जिम्मेवारीको कुनै कुरा नभएको बताइएको छ।