एनआरसी व्याडमिन्टन र टेबल टेनिस २०१४ का विजयी घोषित


नेप्लीज रिक्रियसन क्लबले आयोजना गरेको व्याडमिन्टन र टेबल टेनिस टुर्नामेन्ट २०१४ का विजेताहरुको घोषणा गरिएको छ । टेबल टेनिस ४ विधामा खेलाइएको थियो । यस्तै व्याडमिन्टन ६ विधामा प्रतिस्पर्धा गरिएको थियो। कूल ६० जना खेलाडी सहभागी भएको यस वर्षको प्रतियोगिता एनआरसीले आयोजना गरेको पाचौं वर्ष हो । हरेक वर्ष एनआरसीले विभिन्न खेलकुदका गतिविधि गर्ने गरेको छ । गल्फ, टेनिस, व्याडमिन्टन र टेबल टेनिसमा एनआरसीले प्रशिक्षण कार्यक्रम समेत गर्दै आएको छ । यस वर्षको विजेताहरुको नामावली सार्वजनिक गर्दै नेप्लीज रिक्रियसनल क्लबका अध्यक्ष जबिन श्रेष्ठले उत्साहजनक सहभागिताले थप प्रेरणा दिएको बताउनुभएको छ । उहाँका अनुसार यस वर्ष व्याडमिन्टनतर्फ महिला सिंगलको उपाधि अन्जना सिंह श्रेष्ठले जित्नुभएको छ । त्यस्तै पुरुष सिंगलतर्फ तुल्सी ओझा, महिला डबलतर्फ रजनी पन्त र सहारा बस्न्यात, ४० मेन्स डबल्समा जविन श्रेष्ठ, टिम तिवारी विजयी भएको छन् । अन्डर ४० मेन्स डबल्समा सुरज राजथला श्रेष्ठ र तुल्सी ओझा विजयी हुनुभएको छ । मिक्स डबल्समा अन्जना सिंह श्रेष्ठ, प्रताप श्रेष्ठ विजयी हुनुभएको छ । यसैगरी टेबल टेनिसतर्फ महिला सिंगलमा एलिजा वन्त, पुरुष सिंगलमा कूलदिप प्रधान विजयी भएका छन् । पुरुष डबल्समा कुनाल प्रधान र मिक्स डबल्समा कुनाल प्रधान र एलिजा वन्त विजयी हुनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]