एनआरएनका ९ बुँदे घोषणापत्र जारी गर्दै क्षेत्रीय सम्मेलन सम्पन्न


गैरआवासीय नेपाली संघ एनआरएनको आठौं क्षेत्रीय सम्मेलन जपानमा ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । स्थानीय नगानोस्थित तातेसिनमा दुईदिनसम्म चलेको सम्मेलनको समापन शुक्रबार गरिएको हो । दलहरुले प्रतिबद्धता जनाए अनुसार संविधान समयमै जारी गर्न बैठकले आह्वान गरेको छ । यस्तै बैठकले सम्बृद्ध नेपाल निर्माणको लागि सरकारसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ । एक पटकको नेपाली सधैको नेपाली भन्ने मागलाई अझ घनिभूत गर्दै यसतर्फ कदम चाल्न नेपाल सरकार र नीति निर्माताहरुलाई बैठकले आग्रह समेत गरेको छ । परोपकारी कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि बैठकले गरेको छ । ९ बुँदे घोषणापत्र प्रवक्ता मन केसीले पढेर सुनाउनुभएको थियो । समापन कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष शेष घलेले नेपालमा लगानीमैत्री वातावरण नभएकोले यसतर्फ सरकारी तवरमा सुधार गरिनुपर्ने माग गर्नुभयो । संस्थापक अध्यक्ष उपेन्द्र महतोले बौद्धिक, सामाजिक रुपमा पनि नेपाललाई सम्बृद्ध बनाउने अभियानमा एनआरएन रहेको बताउनुभयो । विदेशमा रहेपनि मताधिकारको माग पनि कार्यक्रममा गरिएको थियो । सम्मेलन आयोजक समितिका संयोजक एवं उपाध्यक्ष भवन भट्टले सम्बृद्ध नेपालको मार्गचित्रमा पर्याप्त बहस भएपनि त्यसको कार्यान्वयन गर्ने बेला आएको भन्दै सबैको सहयोगबाट मात्र यस्तो कार्य सम्भव हुने बताउनुभएको थियो । नेपालमा निर्माण गर्न लागिएको एनआरएन भवनको निम्ति जपानबाट मात्रै सम्मेलनको अवधिमा १ करोडभन्दा बढी उठेको छ । सम्मेलन लगत्तै जपानमा नेपाल फेष्टिभलको पनि आयोजना गरिँदैछ ।[ninja-popup id=1184 autoopen=true]

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]