अष्ट्रेलियामा नेपग्याजमको ‘कमेडी शो’ हुने


माघ १४, अष्ट्रेलिया (मेलबर्न) । अष्ट्रेलियामा स्ट्याण्डअप कमेडी शो हुने भएको छ । नेपालमा चर्चित ‘नेपग्याजम’ले अष्ट्रेलियाको न्यु साउथ वेल्स स्थित रकडेलमा कमेडी शो आयोजना गर्ने भएको हो ।

फेब्रुअरीको ४ तारिखमा हुने उक्त शोमा बबिना बानियाँ, युकेजी र रूपक बुढाथोकीले प्रस्तुति दिने भएका छन् । यो शो रकडेलमा रहेको क्लब हाउस डे क्याफेमा आयोजना हुने भएको हो ।

नेपालमा नेपग्याजमले युट्युबमार्फत भिडियोहरू प्रसारण गरिरहेको छ । पछिल्लो समय नेपाली दर्शकहरूमाझ नेपग्यजमका भिडियो चर्चित भइरहेका छन् ।

नेपग्याजमले सबै भन्दा अग्लो स्थान कालापथ्थरमा स्ट्याण्डअप कमेडी गरेर गिनिज बुकमा रेकर्ड समेत दर्ता गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]