मदिरा सेवन गरी आफ्नै ८० वर्षीय बाबुको हत्या


माघ १३, काठमाडौं । मोरङको बेलबारीमा मदिरा सेवन गरी एक छोराले आफ्नै बाबुको हत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका–९ डाँगाबजारका ८० वर्षीय दलबहादुर खत्रीलाई उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीले हत्या गेका हुन् ।

जयबहादुरले बुधबार राति साढे १० बजेतिर मदिरा सेवन गरी दलबहादुरसँग विवाद गरेका थिए । विवादका क्रममा उग्र भएका जयबहादुरले बाबु दलबहादुरलाई कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनेबित्तिकै गएको प्रहरी टोलीले जयबहादुर खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]