आफ्नै बुबाको हत्या गरेको अभियोगमा ३५ वर्षीय छोरा पक्राउ


माघ १३, मोरङ । आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । ८० वर्षीय बुबाको हत्या गरेको अभियोगमा मोरङको बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्री पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी विषयमा वादविवाद तथा झै-झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिले प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]