एक करोड ६३ लाखको सामानसहित बीरगञ्जबाट एक जना पक्राउ


माघ १३, बीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडिको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

सो क्रममा प्रहरीले ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालकसहित ट्रकलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

निकुञ्जमा बाघ गणनाका क्यामरा हराए
बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन् । राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान गरिएको छ ।

जगङ्लभित्र जडान गरिएका क्यामरामा दैनिक संरक्षणकर्मीले चिप्स तथा ब्याट्री फेर्दै आएकामा हाल ति स्थानमा क्यामरा नभेटिएपछि चोरी भएको हुनसक्ने अनुमान कर्मचारीको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]