कांग्रेस महाधिवेशनः सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन पौडेल पक्षको बैठक बस्दै

काठमाडौँ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सभापतिको साँझा उम्मेदवार छनौट गर्न बैठक बस्दैछ । हिजो बेलुका पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन छलफल भए पनि सहमति जुट्न नसकेको हो ।

पौडेलसहित महामन्त्री शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो । तर, सहमति नभए पछि आज फेरि बैठक बस्न लागेको हो । दिउँसो १ बजे बस्ने बैठकले साझा उम्मेदवार तोक्ने सम्भावना छ ।

संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क–कसलाई समेट्ने टुङ्गो लागेको छैन । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन खोजेका छन् ।

यस्तै, कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भएको छ । कांग्रेसको १४औँ महाधिवेशन आउँदो शुक्रवारदेखि आइतवारसम्म काठमाडौँमा हुँदैछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?