आज यी क्षेत्रमा बर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहनुका साथै नेपालको पूर्वी भुभागमा भारतको उत्तर पश्चिम बंगालको खाडी र पश्चिम बंगाल बंगलादेश आसपास रहेको न्यून चापिय क्षेत्रको सामुन्द्रिक चक्रवात ‘जुवाद’को आंशिक प्रभाव रहेको छ ।

हाल (सोमबार बिहान) देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश,गण्डकी प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी आज राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भू९भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?