आज भिक्टोरियामा ११८५ संक्रमित थपिँदा न्यु साउथ वेल्समा २६० जनामा संक्रमण

मेलबर्न अष्ट्रेलिया । भिक्टोरियामा आज (आज मंगलबार) पछिल्लो २४ घण्टामा ११८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको ५२ हजार २५७ जनाको परीक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सोही अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार ५० रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ५८ हजार ७०६ परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही समयमा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?