सोमबार भिक्टोरियामा १०७३ संक्रमित थपिँदा न्यु साउथ वेल्समा २०८ जनामा संक्रमण

मेलबर्न अष्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टामा १०७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको ५६ हजार ३३७ जनाको परीक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सोही अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ५०३ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ६१ हजार १३२परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही समयमा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट मृत्य भएको छैन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?