भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोना संक्रमण घट्यो

मेलबर्न अष्ट्रेलिया । भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोना संक्रमण दर घटेको छ । शनिबारको तुलनामा यी दुबै राज्यमा कोरोना संक्रमित कम फेला परेका हुन् । भिक्टोरियामा पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको ६५ हजार ४४९ जनाको परीक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सोही अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ४३३ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ६६ हजार ६७१ परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही समयमा न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाका कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?