देशभर ३०८ जनामा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु

काठमाडाैँ । बिहीबार मुलुकभर थप ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१०४ पिसिआर र १८०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार देशभर २९८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३ जनाको मृत्यु समेत भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?