महाधिवेशनको पूर्वसन्ध्यामा चितवन पुगे अध्यक्ष ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । पार्टीकाे १० औँ महाधिवेशनकाे पूर्वसन्ध्यामा अध्यक्ष ओली चितवन आज बिहीवार चितवन पुगेका हुन् ।

उनलाई भरतपुर विमानस्थलमा नेता/कार्यकर्ताले स्वागत गरेका छन् । यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि चितवनकाे साैराहा पुगेका छन् ।

त्यसैगरी, अन्य थुप्रै नेता तथा कार्यकर्ता महाधिवेशनका लागि चितवन पुग्ने क्रम सुरू भइसकेको छ । महाधिवेशनका लागि चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?