बिहीबार भिक्टोरियामा १२५४ जनामा कोरोना संक्रमण, न्यु साउथ वेल्समा २७६ संक्रमित थपिए

मेलबर्न अष्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टामा १२५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको ७५ हजार ३४८ जनाको परीक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सोही अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार २७६ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ७४ हजार ९२६ परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही समयमा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?