१३ वर्षीया बालिकालाई बलात्कार गर्ने नेपाली सेनाका हवल्दार कोटेश्वरबाट पक्राउ

काठमाडौँ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेपाली सेनाका हवल्दार पक्राउ परेका छन् । कञ्चनपुर घर भएका ३६ वर्षीय सेनाका हवल्दार गोविन्द सिंह विष्टलाई प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनी ललितपुरको लेलेमा दरबन्दी भइ पछिल्लो समय नगरकोटमा तालिममा थिए । उनले कार्तिक ३० गते ललितपुरबाट १३ वर्षीया बालिकालाई कोटेश्वरको एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामेछाप घर भएकी ती बालिकालाई हवल्दार विष्टले ललाइफकाइ होटल पुर्‍याएर बलात्कार गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?