सोलुखुम्बुमा बुबाले गरे आफ्नै छोराछोरी एसिड प्रहार

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ बसन्त बजारमा आफ्नै बाबुले छोराछोरीमाथि एसिड प्रहार गरेका छन् ।

सोमबार राती करिब ८ः४० बजेको समयमा मादक पदार्थ सेवन गरेका वर्ष अन्दाजी ५५ का मोहन बराइलीले आफ्नै २५ वर्षीय छोरा र १६ वर्षीया छोरीमाथि एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने छोरा र छोरीलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । छोरीको अवस्था सामान्य रहेको भए पनि छोराको अवस्था भने केही गम्भीर रहेको बताइएको छ ।

घटनाकोबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋिषिराज ढकालले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?